सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरी नदीमा एक जनाको शव फेला

२०७६ असोज १, ०४:४७ खबर संवाददाता

कैलालीको गोदावरी नदी किनारमा एक जनाको शव फेला परेको छ। गोदावरी नगरपालिका वडा नम्वर ३ गोदावरी नदी किनारमा एक जनाको शव फेला परेको हो। नदीको बगरमा शरिरमा कपडा नभएको अवस्थामा एक जनाको शव फेला परेको हो।

शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। श्वको अवस्था हेर्दा झण्डै २०, २२ दिन अगाडी नै उनको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनको वगेर मृत्यु भएको हुन सक्ने समेत प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। शव सेती प्रादेशीक अस्पताल धनगढीमा राखिएको छ।

कमेन्ट लोड गर्नुस