सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य सेवा विभागको जिम्मेवारी पाएका महानिर्देशक डा. पोखरेलद्वारा पदबहाली

२०७६ भदौ ३१, ०६:१५ खबर संवाददाता

स्वास्थ्य सेवा विभागको जिम्मेवारी पाएका डा. रोशन पोखरेलले पदबहाली गरेका छन्। डा. पोखरेलले टेकुस्थित विभागमा आज पदबहाली गरेका हुन्।  मन्त्रालयले डा. पोखरेललाई कामु महानिर्देशकको जिम्मवारी दिएको हो। डा. पोखरेल ११ औं तहका कर्मचारी हुन्। उनी लामो समय कोशी अस्पतालका निर्देशकका रुपमा कार्यरत थिए।

विभागको महानिर्देशकमा १२औं तहको दरबन्दी छ। तर, हाल मन्त्रालयमा १२औं तहका कर्मचारी नै छैनन्। कर्मचारी समायोजन पछिको पदस्थापनका क्रममा कोशी अस्पतालमा डा. गुणराज लोहनीलाई निर्देशकका रुपमा पठाएपछि डा पोखरेल स्वास्थ्य मन्त्रालयमा आएका थिए।  विभागमा गत २२ गतेदेखि महानिर्देशकको पद रिक्त थियो। डा. सुशीलनाथ प्याकुरेलले उमेरका आधारमा अवकाश पाएपछि महानिर्देशकको पद खाली थियो।
 

कमेन्ट लोड गर्नुस