सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बहुविवाहको आरोपमा दुईजना पक्राउ

२०७६ भदौ ३१, ०५:३० खबर संवाददाता

अछाम प्रहरीले बहुविवाहको आरोपमा दुईजना लाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटका एकेन्द्र शाह र उनकी कान्छी श्रीमती पूजा रहेका छन्।

उनीहरुलाई विशेष सूचनाका आधारमा सोमबार पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। उनीहरु दुवै जना विरुद्ध शाहकी जेठी श्रीमती लक्ष्मी कुमारी शाह चन्दले जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको कसुरमा उजुरी दिएकी थिईन्।  

कमेन्ट लोड गर्नुस