सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा डेङ्गु र स्क्रब टाइफसबाट संक्रमीतको संख्या एक सय ५४ पुग्यो

२०७६ भदौ ३१, ०१:१९ खबर संवाददाता

सुदूरपश्चिममा डेङ्गु र स्क्रब टाईफसबाट संक्रमीत हुनेको संख्या एक सय ५४ पुगेको छ। प्रदेशको बाजुरा बाहेकका आठ जिल्लामा गरी एक सय ५४ जनामा डेङ्गु र स्क्रब टाईफसको संक्रमण देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले मंगलबार सम्म स्क्रब टाईफसबाट एक सय चार र डेङ्गुबाट ५० जना प्रभावित भएको जानकारी दिए।

उनका अनुसार स्क्रब टाईफसबाट सबैभन्दा बढि डडेल्धुरामा ५० जना र डेङ्गुबाट कैलालीमा २३ जना संक्रमीत भेटिएका छन्। यस्तै स्क्रब टाईफसबाट कैलालीमा २८, बैतडीमा १२, कञ्चनपुरमा पाँजना, डोटीमा चार जना, बझाङमा तीन र दार्चुलामा दुईजना संक्रमित रहेका छन्।

यस्तै डेङ्गुबाट दार्चुला  र कञ्चनपुरमा नौँ÷नौँ जना, डोटी र अछाममा दुई÷दुईजना, बैतडी रबझाङ एक–एक जना र डडेल्धुरामा तीन जना संक्रमीत भएका छन्। सुदूरपश्चिममा डेङ्गु र स्क्रब टाईफसका विरामीको संख्या बृद्धि हुँदै गएपनि नियन्त्रणमा प्रदेश सरकारले चासो नदिएको आरोप लागेको छ तर प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर विष्टले संक्रमण निगयन्त्रणका लागि स्वास्थ्य संस्थालाई निर्देशन दिईएको बताएका छन्।

कमेन्ट लोड गर्नुस