सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मुख्यमन्त्री निवास चोकका पसलहरुमै चोरी

२०७६ भदौ ३१, ११:०५ कमल सावद

धनगढीमा दुई पसलहरुमा चोरी भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी मुख्यमन्त्रीको निवास नजिकैका पसलहरुमा चोरी भएको हो। सटरको ताल्चा काटेर चोरी भएको हो। धनगढीको श्री ओम सप्लायर्स र पीवि टे«डसमा नगद चोरी भएको हो।

पसलबाट ५५ हजार नगद रकम चोरी भएको ओम सप्लायर्सका सञ्चालक सुरेन्द्र खडायतले बताए। पीवि टे«डसका सञ्चालक पर्मानन्द भट्टले पनि झण्डै ६० हजार नगद चोरी भएको बताए। केही भारतीय रकम सहित नगद चोरी भएको उनले बताए। ‘मुख्यमन्त्री निवासको पर्खालसंगै पसल भएको घर जोडिएको छ,’ भट्टले भने, ‘मुख्यमन्त्री निवाससंगै जोडिएका पसलमा समेत चोरी हुन थालेपछि यस क्षेत्रको सुरक्षा व्यवस्था कमजोर भएको पुष्टि भएको छ।’ सटर र रकम जम्मा गर्ने लकरको पनि ताल्चा काटिएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको निवाससंगै जोडिएको पसलमा चोरी भएपछि धनगढीको सुरक्षा व्यवस्थामाथि पनि प्रश्न खडा भएको पीवि ट्रेडर्सका सञ्चालक खडायतले बताए। मुख्यमन्त्री निवासमा २४ घण्टा नै सुरक्षा व्यवस्था हुने गरेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस