सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २ गते सरकारी अस्पतालको ओपीडी सेवा निःशुल्क गरिने

२०७६ भदौ ३१, ०८:३१ खबर संवाददाता

आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने भएका छन्। असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाको बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको हो।

सरकार मातहतका देशैभरिका  अस्पताल र स्वास्थ्य संस्थाले ओपीडी सेवाका लागि सुरुमा शुल्क लिएर टिकट काट्ने गरेका छन्। यसरी लिइने शुल्क भने अस्पताल अनुसार फरक–फरक छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूअन्तर्गतका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट २०७६ असोज २ का दिन ओपीडी सेवाको टिकट निःशुल्क हुने जनाएको छ।

यसका लागि सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको मन्त्रालयले जनाएको छ। ओपीडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत् प्रवाह हुने मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस