सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा नदीमा डुबेर एक जनाको मृत्यु

२०७६ भदौ ३०, ०५:३० खबर संवाददाता

अछाममा नुहाउने क्रममा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सांफेबगर नगरपालिका वडा नम्बर ४ स्थित बुढीगंगा पक्कीपुल नजिकै नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउंका ६० वर्षीय मिन बहादुर कुंवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रहरीका अनुसार सोमबार दिउँसो दुई बजेको समयमा कुंवर नुहाउने क्रममा बगेको स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नरपति भट्टको कमाण्डमा खटिएकोे टोलीले उद्धार गरि उनलाई न्याय हेल्थ अस्पताल बयलपाटा अस्पतालमा लगिएको भएपनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस