हिन्दु महासंघको सुदूरपश्चिमको सम्मेलन सफल पार्न समिति गठन
विश्व हिन्दु महासंघको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलन सफल पार्न तयारी समिति गठन गरिएको छ। आगामी कार्तिक ४ गते कैलालीको गोदावरी धाममा आयोजना हुने विश्व हिन्दु महासंघको प्रदेश स्तरिय सम्मेलन तथा धर्म सभालाई सफल पार्न तयारी समिति गठन गरिएको हो। राजप्रशाद जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्य सम्पादन समिति तथा ५१ सदस्यीय तयारी समिति गठन गरिएको हो। विश्व हिन्दु महासंघका पदाधिकारी संगै अन्य व्यक्तित्यहरुको सहभागितामा समिति गठन गरिएको विश्व हिन्दु महासंघ सुदूरपश्चिमका अध्यक्ष राजप्रसाद जोशीले बताए।