सुदूर नेपाललाई विश्वसँग जोड्दै

पानीको ट्याङ्कीमा खसेर भारतमा कञ्चनपुरका एक जनाको मृत्यु

२०७६ भदौ २९, ०४:३० खबर संवाददाता

पानीको ट्याङ्कीमा खसेर भारतमा कञ्चनपुरका एक जनाको मृत्यु भएको छ। रोजगारीको लागी भारतमा रहेका कञ्चनपुरको झलारी पिपलाडी घर भएका २४ बर्षीय भरत जोशीको पानी ट्याङ्कीमा खसेर मृत्यु भएको सुदूरपश्चिमेली नेपाली समाज भारतले जनाएको छ।

शनिबार राति ड्युटी सकेर डेरातर्फ जानेक्रममा एक्कासी पानी ट्याङ्कीमा खसेर जोशीको मृत्यु भएको सुदूरपश्चिमेली नेपाली समाज भारत कर्नाटक राज्यसमितिका संस्थागत अध्यक्ष लिलाधर कपाडीले बताए। 

उनका अनुसार मृतक भारतको कर्नाटकस्थित बैंलोरमा एक होटेलमा कार्यरत रहेका थिए।  उनी एक महिना अगाडी मात्रै रोजगारीको लागी भारत गएका थिए। युवकको शव परिक्षणपश्चात भारतमै दाहसंस्कार गरिएको कपाडिले बताए। मृतक जोशीको पुख्र्यौली घर बैतडीको पुर्चौडी नगरपालिका हो। 

 

कमेन्ट लोड गर्नुस