सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा अज्ञात समुहद्धारा गाउँपालिकाको गाडीमा आगजनी

२०७६ भदौ २९, ११:४९ खबर संवाददाता

अज्ञात समूहले बझाङको बित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी गरेको छ। शनिवार राती देउलेख बजारमा पार्किङ गरेर राखेको गाडीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार आगजनीबाट गाँउपालीकाको से १ झ २७४ नम्बरको गाडीको अगाडीको भाग पूर्ण रुपमा जलेर नस्ट भएको छ।

आगजनी कसले गरेको भन्नेबारे अनुसन्धान भईरहेको र घटनामा सङ्लग्नहरुको खोजकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस