सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवा भन्छन् - फेरि राजा फर्किन्छ भन्नेहरू मुर्ख हुन्

२०७६ भदौ २८, ०३:३२ खबर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरू मुर्ख भएको बताएका छन्। शनिबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीमा छलफल नै नभएको कुरामा कांग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मुर्खता सिवाय अरू केही नभएको बताए।

उनले प्रहरीको पछिल्लो कार्यको प्रशंसा गर्दै गृहमन्त्री रामबहादुर थापाका भाइलाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरी डराउन नहुने बताए। उनले भने, ‘प्रहरी राष्ट्रको हो। जनताको हो। कुनै दलको होइन। प्रहरी राष्ट्र र जनताप्रति वफादार हुनुपर्छ।’ 

जनताको करबाट तलब खाने हुँदा प्रहरी जनताको शान्ति सुरक्षामा लाग्नुपर्ने उनको कथन थियो। शान्तिपूर्ण रूपमा सभा समारोह गर्न पाउने अधिकार सबैमा रहेको र त्यसैको लागि कांग्रेस सात सालदेखि अनवरत लड्दै आएको हुँदा भविष्यमा पनि लडिरहने उनले बताए।
 

कमेन्ट लोड गर्नुस