सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी फुटसल लिगकोे उपाधि कैलाश विकास बैंकलाई

२०७६ भदौ २८, ०३:२१ खबर संवाददाता

नेपाल आईस धनगढी फुटसल लिगको उपाधि कैलाश विकास वैंकले जितेको छ। फाईनलमा नविल वैंकलाई ९—४ ले हराउँदै कैलाश विकास बैंकले उपाधि जितेको हो। विजेता बनेसँगै कैलाश विकास बैंकले नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ।

उपविजेता बनेको नविल बैंकले नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ। कैलाशलाई उपाधि जिताउन निशान थापाले दोहोरो ह्याटिक गरे भने रमेश वोहोराले २ र महेश चौधरीले एक गोल थपे। नविका लागि विवेक विष्टले २ तथा विरेन्द्र विष्ट र केशव चौधरीले एक÷एक गोल फर्काए। 

फ्ल्याटल्याण्ड फुटसलमा भदौ ६ गतेदेखि सुरु भएर शनिबार सकिएको लिगको उत्कृष्ट खेलाडी नविल बैंकका विरेन्द्र विष्ट भए। सर्वाधिक गोलकर्ता कैलाश विकास वैंकका रमेश वोहोरा र उत्कृष्ट गोलरक्षक कैलाशकै सन्दीप शर्मा भए। विजयी खेलाडीहरुलाई एक समारोहका बीच ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको छ।

फ्ल्याटल्याण्ड फुटसलका अध्यक्ष आशिष शाहको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि धनगढी उप–महानगरपालिकाका मेयर नृप ओड रहेका थिए। वैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म विष्ट र नेपाल राष्ट वैंक धनगढीका निर्देशक निञ्चल अधिकारी विशिष्ठ अतिथि ररहेका थिए। 

फ्ल्याटल्याण्ड फुटसलको आयोजना तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको सह आयोजनामा प्रतियोगिता भएको हो। 
 

कमेन्ट लोड गर्नुस