सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा महिलाको शव फेला

२०७६ भदौ २८, ०३:०५ खबर संवाददाता

बैतडीमा एक महिला मृत भेटिएकी छन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ स्थित सुर्नया गाडमा एक महिलाको शव फेला परेको हो। मृत भेटिनेमा दशरथचन्द नगपालिका वडा नम्बर दुई देहिमाण्डौँकी ४५ वर्षीया रत्नादेवी बोहरा रहेको प्रहरीले जनाएको छ।

बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक किशन चन्दले बोहरा भदौ २० गते घरमा काही नभएका बेला सम्पर्क विहिन भएपछि खोजीका लागि परिवारल प्रहरीमा निवेदन दिएको बताए। सोही निवेदनका आधारमा खोजतलास गर्ने क्रममा बोहोरा मृत भेटिएकी हुन्।  

कमेन्ट लोड गर्नुस