धनगढीको केयर टेकर हस्पिटलद्वारा दैवी प्रकोप कोषमा एक लाख १ हजार १११ रुपैयाँ सहयोग
धनगढी: रसुवामा आएको बाढीका कारण भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै धनगढीस्थित केयर टेकर हस्पिटलले एक लाख एक हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरेको हो।
धनगढी उपमहानगरपालिका–३, चटकपुरस्थित हस्पिटलले दुःखको यस घडीमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाएको छ।
अस्पतालले विपद्को समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै गरेको सहयोगले मानवता र सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धता झल्काउने बताएको छ।