सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘विप्लव’ समूहका बाजुरा जिल्ला सह–सेक्रेटरी पक्राउ

२०७६ भदौ २७, ०४:४० खबर संवाददाता

सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट नेकपाका जिल्ला सह–सेक्रेटरी पक्राउ परेका छन्। शुक्रबार दिउँसो बाजुरा जिल्ला सह– सेक्रेटरी दानबहादुर खड्कालाई बुढीगंगा नगरपालिका वडा नम्बर ७ बाट प्रहरीले पक्राउ गरेको हो।

खड्का गाउँमा विप्वल समूहको संगठन विस्तार र संगठनका गतिविधि बारे प्रचार प्रसार गर्दै गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको बाजुरा प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस