सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व–पश्चिम राजमार्गमा खाल्डाखुल्डीले आवतजावतमा सास्ती

२०७६ भदौ २७, ०२:०२ कमल सावद

पूर्व–पश्चिम राजमार्ग अन्तरगत कैलालीको बौनियामा खाल्डाखुल्डी भएको भन्दै बर्दागोरिया गाउँपालिकाका जनप्रतिनिधि सहितको टोली अहिले मर्मतका लागि विभिन्न निकाय धाउन तयारीमा छ। मुख्य सडकमा खाल्डाखुल्डी परेको भन्दै बौनिया बजार व्यवस्थापन समितिको पहलमा सडक डिभिजन कार्यालय महेन्द्रनगर लगायतका निकायमा धाउने तयारी गरिएको छ।

बौनिया बाजारको मुख्य सडकमा परेको खाल्डाका कारण दुर्घटना बढेको र बजार फोहोर देखिएको भन्दै व्यापारीहरुले गुनासो गर्न थालेका छन्। बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक सुनारले सडक डिभिजन सडक कार्यालय महेन्द्रनगरमा सडक मर्मत सम्भारका लागि डेलिकेशन जाने तयारीमा रहेको बताए।

बौनिया बजारमा राजमार्ग छैन्। उनले भने, ‘सडकमा पुरै खाल्डाखुल्डी छन्। पानी जमेको छ। पैदल यात्रा गर्न पनि सकिदैन्।’ पूर्व–पश्चिम राजमार्गको कैलाली खण्डमा खाल्डाखुल्डीका कारण आवजावतम सास्ती हुने गरेको हो। कैलालीको चौकीडाँडादेखि चिसापानीसम्म ८० किलोमिटर क्षेत्रमा विभन्न स्थानमा परेका खाल्डाखुल्डी कारण आवतजावतमा सास्ती भएको हो।

खाल्डाखुल्डीले दुर्घटनाको जोखिम पनि उतिकै बढाएको छ। तर मर्मत सम्भारका लागि पहल नगरिएको गुनासो गरिएको छ। तर सडक डिभिजन कार्यालयले भने मर्मतका लागि ठेक्का भएको जनाएको छ। डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर महेन्द्र पन्तले अत्तरियादेखि चिसापानी सम्म सडक मर्मतका लागि ठेक्का भएको जानकारी दिए।

सडक ‘मर्मतका लागि ठेक्का भएको छ।’ उनले भने, ‘पाइलटिङ प्रोजेक्टर नाम दिइएको छ। तीन वर्षका लागि सडक मर्मतको ठेक्का दिइएको छ, खाल्डाखुल्डी परेका स्थानमा मर्मत र घाँस सफा गर्ने जिम्मेवारी दिएका छौँ।’ मर्मत सम्भारको काम समेत सुरु भईसकेको उनको दावी थियो। 

कैलालीको बौनिया बजार सहित अत्तरिया, राजीपुर, लम्की लगायतका क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा खाल्डाखुल्डी परेका छन्। विभिन्न पुलहरुमा पनि खाल्डा परेका छन्। मुख्य राजमार्गमा साना–ठूला गरि सयौ खाल्डाहरु छन्। खाल्डाखुल्डीका कारण सवारी साधन सञ्चालनमा समस्या  छ।

सडक मर्मतका लागि डिभिजन सडक कार्यालय महेन्द्रनगरले १७ करोडमा मर्मत सम्भारका लागि ठेक्का  दिएको हो। गत चैत्रमा तीन वर्षको समय राख्दै जोशी बिल्डर्स एण्ड कम्पनीसंग मर्मतका लागि सम्झौता भएको थियो। तर वर्षातको समय भएकाले मर्मतको काम हुन सकेको छैन्।

डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर महेन्द्र पन्तले सडकमा भएका खाल्डा दुई–चार महिनामा नै पुर्न नसकिने प्रतिकृया दिए। चैत्रमा ठेक्का सम्झौता भएको हो। बौनियामा मुख्य बजारको राजमार्गमा नै अहिले पानी जमेको छ। अन्य धेरै ठाँउमा पनि ठुला खाल्डाहरु छन्।

राजीपुरको जंगल क्षेत्रमा ठुला–ठुला खाल्डाका कारण दुर्घटनाको जोखिम रहेको छ। भत्कीएको राजमार्ग मर्मतका लागि सडक विभाग, जनप्रतिनिधि र सरोकारवाला कुनै पनि निकायले चाँँसो नदिएको गुनासो सर्वसाधरणको छ। तर सडक निर्माणको ठेक्का पाएको जोशी बिल्डर्स एण्ड कम्पनीका सञ्चालक गणेश जोशीले सडक मर्मतको काम भइरहेको बताए।

सडक मर्मतको काम भइरहेको छ। उनले भने, ‘८० किलोमिटर सडक मर्मत दुई–तीन महिनामा सकिदैन्। तीन वर्षको ठेक्का हो। वर्षातका कारण पनि मर्मतको काम रोकिएको हो। अब मर्मत हुन्छ। बैनिया क्षेत्रमा बढि खाल्डा छन्। हामी मर्मत गर्छौ।’

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस