सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगलादेश प्रिमियर लिग बीपीएल नहुने

२०७६ भदौ २७, ११:२२ खबर संवाददाता

बंगलादेश प्रिमियर लिग बीपीएल अबदेखि आयोजना नहुने भएको छ। बंगलादेश क्रिकेट बोर्डले बीपीएललाई खारेज गर्दै टी–२० टुर्नामेन्ट आयोजना गर्ने जनाएको छ। 

बंगलादेश क्रिकेट बोर्ड र फ्रेन्चाइज टिमबीच भएको बैठकमा कुरा नमिलेपछि बोर्डले बीपीएल गर्न अनुमति नदिने निर्णय गरेको अध्यक्ष नजमुल हसनले बताए। बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष हसनले फ्रेन्चाइज टिमलाई नयाँ सम्झौता गर्न आग्रह गर्दा उनीहरुले अस्वीकार गरेकाले यस्तो निर्णयमा पुगेको बताए।

यस पटकदेखि बीपीएलको साटो अस्ट्रेलियाको बिग बास लिगको मोडेलमा खेल सञ्चालन हुनेछ। टी–२० टुर्नामेन्ट बंगलादेशका राष्ट्रपिता शेख मुजीबर रहमानको १०० औंँ जन्म जयन्तीको अवसरमा आयोजना गरिने जनाइएको छ।

गएको संस्करणको बीपीएलको उपाधि कोमिल्ला भिक्टोरियनले जितेको थियो। बीपीएलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने सिलेट सिक्सर्सबाट खेलेका थिए। यस्तै ‘हम अगमिन टी–२०’ को पनि नाम परिवर्तन गरेर अबदेखि बंगबन्धु टी–२० राख्ने निर्णय गरिएको छ।
 

कमेन्ट लोड गर्नुस