सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा वडा अध्यक्षको कारमा आगजनी

२०७६ भदौ २७, ०८:२० खबर संवाददाता

कञ्चनपुरमा वडा अध्यक्षको कारमा आगजनी गरिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष जगतबहादुर सिँहको कारमा अज्ञात समुहले आगजनी गरेको हो। वडा अध्यक्षको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी गरिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। 
पार्किङमा राखिएको कारमा बिहान साढे १ बजेको समयमा आगजनी गरिएको वडा अध्यक्ष सिँहले बताए। रातीको समयमा पार्किङमा राखिएको कारमा आगजनी गरिएपछि प्रहरीलाई खबर गरेको उनले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस