सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूपश्चिमेली नेपाली समाज भारतले तीज विदाई कार्यक्रम आयोजना गर्दै

२०७६ भदौ २६, ०७:५० खबर संवाददाता

सुदूरपश्चिमेली नेपाली समाज भारत कर्नाटक राज्य समितिले विगतमा जस्तै यसवर्ष पनि तीज विदाई सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। संस्कृतीको संरक्षण, श्रष्टाको सम्मान, सुदूरपश्चिमको  पहिचान, प्रवासीको एकता, मौलिकताको प्रवद्र्धन, सुदूरपश्चिमको विकासका लागि भन्दै तीज विदाई कार्यक्रम आयोजना हुने भएको हो। गत वर्ष पनि कार्यक्रमको आयोजना गरेको समितिले सुदूरपश्चिमेली समाज भारतका केन्द्रिय उपाध्यक्ष दिपक खड्काको प्रमुख आथित्वमा आउँदो सेप्टेम्बर १५ का दिन कार्यक्रम मनाउन लागेको जनाएको छ। उक्त कार्यक्रममा सुदूरपश्चिम घर भएका कलाकारहरु उमाशंकर जोशी, गायिका सोभा थापा एव्म नृत्यकार नरेश नागरी, र्झना बोहरा सहितका स्थानिय कलाकार भुवन नेपाली, सन्तोष चुनारा, करन नेपाली,सुरेश आउजी लगायतको प्रस्तुती रहने सुदूरपश्चिमेली समाज कर्नाटक राज्य समितिका अध्यक्ष धर्मसिह खडायतले जानकारी दिएका छन्। कार्यक्रम बिहान ९ बजेदेखि साँझ ६ बजे सम्म चल्ने भएकाले कर्नाटक ब्याङ्ग्लोर क्षेत्रमा रहेका सुदूरपश्चिमेली सहितका नेपालीलाई सहभागिताका लागि उनले आग्रह समेत गरे। 

  

कमेन्ट लोड गर्नुस