सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगा–२ को वडा कार्यालयमा तोडफोड, अध्यक्षमाथि हातपात

फोटो : बसन्त बम
फोटो : बसन्त बम
२०७६ भदौ २६, ०१:१७ खबर संवाददाता

कैलालीमा अज्ञात समूहले वडा कार्यालयमा तोडफोड गरेको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ को कार्यालयमा तोडफोड गरिएको हो। दुई मोटरसाईकलमा आएका ६ जनाको समूहले वडा कार्यालयमा तोडफोड गरेका हुन्। वडा अध्यक्ष जनकबहादुर साउँदले पुरानो चौमाला बजारमा रहेको वडा कार्यालयको कम्प्यूटर, प्रिन्टर, टेवुल लगायतमा क्षती भएको बताए। उनले आफुमाथि पनि हातपातको प्रयास भएको र प्रतिकार गर्न खोज्दा भागेको बताए। उनीहरु सबै माक्स लगाएर आएका थिए। खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

कमेन्ट लोड गर्नुस