सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ

२०८३ साउन २९, ०७:४० खबर संवाददाता

धनगढीः धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–७ जेपी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर  १७० मिलिग्रामसहित गौरीगंगा नगरपालिका–८ घर भई हाल धनगढी उपमहानगरपालिका–७ बस्ने २० वर्षीय अबिनाश चौधरी पक्राउ परेका हुन्।

चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार बेलुका चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस