सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ब्राउनसुगर र चरेशसहित २ जना पक्राउ

२०८३ साउन २८, ०९:४० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट ब्राउनसुगर र चरेशसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–३ समादैजी स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ६४० मिलिग्रामसहित बेलडाँडी गाउँपालिका–१ बस्ने २५ वर्षीय रोहित भण्डारी र सोही स्थान बस्ने खत्री नास्ता पसलका सञ्चालक ३० वर्षीय मदन खत्रीको साथबाट २५ ग्राम ५३० मिलिग्राम चरेश फेला पारी प्रहरीले पक्राउ गरेको हो। दुबै जनालाई प्रहरी चौकी सुँडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस