पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
पर्साः पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
मंगलबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत बिहार राज्यको बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर–३ का अन्दाजी ५० वर्षीय सउरु चौधरीलाई गाँजासहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार चौधरीको साथबाट १०५ किलो गाँजा बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।