सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीले अब डिजिटल प्रणालीबाटै एनओसी पाउने

२०८३ साउन २६, १०:२८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरेका विद्यार्थीले विदेश अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अब डिजिटल प्रणालीमार्फत प्राप्त गर्ने भएका छन्।

यससम्बन्धी द्विपक्षीय समझदारीपत्रमा सुदूरपश्चिम विश्वविद्यालय र शिक्षा तथा खेलकुद मन्त्रालयबीच हस्ताक्षर भएको छ।

समझदारीपत्रमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. किसनदत्त भट्ट र शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार विश्वविद्यालयको शैक्षिक सूचना प्रणाली र मन्त्रालयको एनओसी प्रणालीबीच डिजिटल माध्यमबाट तथ्याङ्क आदान–प्रदान हुने व्यवस्था गरिनेछ।

नयाँ व्यवस्थाले एनओसी लिन विद्यार्थीले भोग्दै आएको झन्झट कम हुनुका साथै सेवा छिटो, सहज, सुरक्षित र पारदर्शी हुने विश्वास गरिएको छ।

कमेन्ट लोड गर्नुस