भारतबाट चोरी भएका भारु ३८ लाखका गरगहना कञ्चनपुर प्रहरीद्वारा धनीलाई फिर्ता
धनगढीः कञ्चनपुर प्रहरीले भारतबाट चोरी गरि ल्याएका ३८ लाख बढिका गरगहना बरामद गरि सम्बन्धीत धनीलाई बुझाएको छ।
भारतको लुधियानाबाट चोरि गरि ल्याइएका ३८ लाख ८५ हजार भारतीय रुपैयाँ बराबरको गरगहना इलाका प्रहरी कार्यालय दोधाराचाँदनी र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा बरामद गरेको थियो।
गत असारमा बरामद गरिएका ती गरगहना बिहीबार गहना धनी लुधियानाको राजगुरु नगरका ३४ वर्षीय शाहील धावनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए। उनकाअनुसार बरामद गरिएका सुन र हिराका गरगहना सम्बन्धीत धनीलाई बुझाइएको हो।