सुदूर नेपाललाई विश्वसँग जोड्दै

दृष्टिविहीन जग्गी महराको घर बनाउन सुर्नया युनाइटेड क्लबको सहयोग अभियान

२०८३ साउन २१, ०३:१० खबर संवाददाता

बैतडीः सुर्नया गाउँपालिका–४ नोडालेकका दृष्टिविहीन जग्गीसिंह महरा जीर्ण तथा जोखिमपूर्ण घरमा बस्न बाध्य भएपछि उहाँको परिवारका लागि सुरक्षित आवास निर्माण गर्न सुर्नया युनाईटेड क्लबले सहयोग अभियान सञ्चालन गरेको छ।

विपन्न अवस्थामा जीवनयापन गरिरहेको महरा परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले क्लबले आर्थिक, भौतिक तथा नैतिक सहयोग जुटाउन अभियान सुरु गरेको हो। क्लबले सहयोगी व्यक्ति, संघसंस्था, समाजसेवी, दातृ निकाय तथा शुभेच्छुकलाई अभियानमा जोडिन आग्रह गरेको छ।

सुर्नया युनाइटेड क्लबका अध्यक्ष प्रकाश साउँदले मानवीय सेवाको यस अभियानमा सबैलाई सक्दो सहयोग गर्न अपिल गरेका छन्। उनले प्राप्त हुने प्रत्येक सहयोगले महरा परिवारका लागि सुरक्षित घर निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताए।

क्लबका अनुसार अभियानबाट संकलित रकम तथा अन्य सहयोग महरा परिवारको सुरक्षित आवास निर्माणमा खर्च गरिनेछ। सानो सहयोगले पनि विपन्न परिवारको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने भन्दै क्लबले सहयोगका लागि सबैमा अपिल गरेको छ।

कमेन्ट लोड गर्नुस