सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको मेलौली नगरपालिकाका इन्जिनियर बलात्कारको आरोपमा पक्राउ

२०७६ भदौ २५, ०६:४० खबर संवाददाता

बैतडी–बलात्कारको आरोपमा प्रहरीले इन्जिनियरलाई पक्राउ गरेको छ। जिल्लाको मेलौली नगरपालिकाका इन्जिनियर २७ बर्षीय रोशन चन्दलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले स्थानीय १७ बर्षीय किशोरीलाई जवरजस्तीकरणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको उनले बताए। किशोरीको स्वास्थ्य परिक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुँदा अनुसन्धानको लागि उनलाई पनि डडेल्धुरा पठाउने तयारी भएको प्रहरी निरिक्षक चन्दले बताए। 

सब इन्जिनियर पढ्दै गरेकी ति किशोरी मेलौली नगरपालिकामा प्रशिक्षार्थी भएर गएकी थिईन्। 
 

कमेन्ट लोड गर्नुस