सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालद्धारा यूएईलाई २८६ रनको लक्ष्य

२०७६ भदौ २४, ०१:३१ खबर संवाददाता

एसीसी यू -१९ एसिया कप क्रिकेटमा नेपालले यूएईलाई २८६ रनको लक्ष्य दिएको छ।  मारियन्स क्रिकेट ग्राउण्ड, श्रीलंकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती दुई विकेट मात्र ८ रन जोड्दा गुमाएको थियो। तर त्यसपछि नेपालले सम्हालिएर खेल्यो र निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ८५ रन बनायो। लगातार दुई खेल हारेपछि समूह चरणबाटै बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्र हो।

कमेन्ट लोड गर्नुस