सुदूर नेपाललाई विश्वसँग जोड्दै

वन कर्मचारीसंगको साठगाठका कारण कैलालीमा तस्करको सञ्जाल विस्तार हुँदै

२०७६ भदौ २४, १०:५० कमल सावद

गत साउन १२ गते धनगढी उप–महानगरपालिवका वडा नम्बर १० घुइयाघाटबाट ३६ कडी काठ, गोरुगाडा सहित दुई जनालाई प्रहरीले पक्राउ गर्यो। २३ वर्षिय संजय राना र ३३ वर्षिय राम रानालाई प्रहरीले पक्राउ गरि डिभिजन वन कार्यालय कैलालीलाई बुझायो। डिभिजन वन कार्यालयले उनीहरुका बिरुद्द जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरेको छ।

जिल्लामा तस्करी सम्बन्धी यस्तै प्रकृतिका धेरै मुद्दा परेका छन् भने चालु आर्थिक वर्षको हाल सम्म मात्रै सात मुद्दा दर्ता भएका छन्। चालु आर्थिक वर्षमा मात्र प्रहरीले ६ स्थानमा काठ सहित ६ जना तस्करीमा संलग्नहरुलाई पक्राउ गरि डिभिजन वन कार्यालयको जिम्मा लगाएको कैलाली प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

चालु आर्थिक वर्षको हाल सम्म प्रहरीले वनलाई बुझाएको ५ र वनले पक्राउ गरेको दुई गरि सात मुद्दा अदालतमा दर्ता गराएको छ। वनपैदावार, ओसारपसार र वन्यजन्तु चोरी शिकारीका चालु आर्थिक वर्षमा ७ मुद्दाका १२ जना बिरुद्द कैलाली जिल्ला अदालतमा डिभिजन वनकार्यालयले मुद्दा दर्ता गरेको हो। 

वन कर्मचारीसंगको साठगाठका कारण कैलालीमा तस्करको सञ्जाल विस्तार हुँदै गएको छ। जिल्लामा तस्करहरुको सञ्जाल फैलिदै गएपछि वन पैदावार र वन्यजन्तु संरक्षणमा चुनौती पनि थपिएको छ। जिल्लामा विभिन्न स्थानमा वनका पदाधिकारी र कर्मचारीकै संरक्षणमा तस्करहरुको सञ्जाल विस्तार हुँदै गएपछि संरक्षणमा चुनौती थपिदै जान थालेको हो। 

वनपैदावार चोरीका घटनाहरु कैलालीमा धेरै हुने गरेका भएपनि वन काकर्मचारी सुरक्षा चुनौति देखाउदै पन्छीरहेका छन्। वनपैदावार चोरीका घटनाहरु कैलालीमा धेरै हुने गरेका भएपनि वनका कर्मचारी सुरक्षा चुनौति देखाउदै पन्छीरहेका छन्। डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कडेलले पनि सोही समस्या रहेको देखाए। सशस्त्र वन रक्षकसंगको समन्वयमा तस्करहरुलाई पक्राउ गरिरहेको उनले बताए।

उनीहरुसंग पनि वनकर्मचारीहरुको समन्वय राम्रो देखिएको छैन्। गत आर्थिक वर्ष २०७५÷०७६ मा कैलालीमा वनका २३ मुद्दा दर्ता भएका थिए्। जिल्लाप्रहरी कार्यालयले बुझाएका आठ र डिभिजन वनकार्यालयका १५ मुद्दा कैलाली जिल्ला अदालतमा दर्ता गरेको हो। तर वन डिभिजन कार्यालय कर्मचारी र सामुदायिक वनका पदाधिकारीहरु नै तस्करसँग साँठगाठ गरी तस्करीलाई प्रसय दिने भुमिका खेल्ने गरेको आरोप लाग्ने गरेको छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस