धनगढीको कपडा बैंकलाई तीन सय ५१ थान कपडा दान
धनगढी उप–महानगरपालिकाको वडा नम्बर–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई शुक्रवार र शनिवार गरि दुई दिनमा तीन सय ५१ थान कपडा दान गरिएको छ। कैलालीका विभिन्न व्यक्ति र सस्थाहरुले बैंकलाई कपडा दान गरेका हुन्। धनगढी उप–महानगरपालकाको हसनपुरमा रहेको वालवाटिका मण्टेश्वरी स्कुलका शिक्षक–विद्यार्थी, धनगढीकै रातोपुलकी रमा सेठी, गोदावरी नगरपालिकाका भरत विक्रम शाही र करन बोगटी, नरेन्द्र भट्ट तथा मुकेश पन्तले कपडा दान गरेका हुन्।
कपडा संकलनका लागि प्रत्येक शनिवार विहान ८ बजेदेखि १० बजे सम्म ट्राफिक चौराह, क्याम्पस चौक र एलएनचौकमा गाडीहरु समेत राखिदै आईएको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताईन्। संकलन भएका कपडाहरु बैंक मार्फत निशुल्क वितरण गरिदै आईएको छ। बैंक विहान ८ बजेदेखि १० र साँझ ५ देखि ७ बजे सम्म सञ्चालन हुँदै आएको छ।