सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा खोलामा डुबेर दुई बालकको मृत्यु

२०७६ भदौ २१, ०३:०१ खबर संवाददाता

अछाममा खोालामा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ७ जनालिबण्डालीको भैसले खोलामा डुबेर ११ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको मृत्यु भएको जिल्ला प्रहरीकार्यालय अछामले जनाएको छ। प्रहरीका अनुसार शनिबार बिहान बाख्रा चराउन गएका उनीहरुको खोालामा डुबेर मृत्यु भएको हो। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस