छोरा चेतन कपडेलको जन्मदिनको अवसरमा कपडेल परिवारले गरे कपडा सहयोग
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ १५ जोर लेडिज सुट सहयोग गरिएको छ।
छोरा चेतन कपडेल को जन्मदिनको अवसरमा कपडेल परिवार बुवा सुरेश कपडेल, आमा शान्ति ऐर, छोरी तनिष्ठा कपडेल र छोरा चेतन कपडेलले सहयोग गरेका हुन्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।