सुदूर नेपाललाई विश्वसँग जोड्दै

झण्डै ३० लाख सहित पक्राउ परेका बर्मा धनगढीका सुनचाँदी व्यवसायी भएको पुष्टि

२०७६ भदौ २०, ०२:१९ खबर संवाददाता

भारतीय नम्बर प्लेटको कार र नगद ३० लाख सहित पक्राउ परेका अतुल बर्मा धनगढीका सुनचाँदी व्यवसायी भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालयले भारतीय नागरिक रहेका बर्माले धनगढीमा सुनचाँदी व्यवसाय गर्दै आएको पुष्टि गरेको छ। कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बर्मा धनगढीको  शुमम सुनचाँदी पसलको सञ्चालक रहेको बताए।

भारतबाट धनगढी आउने क्रममा गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको २५ लाख नेपाली र तीन लाख भारतीय रुपैया समेत गरेर २९ लाख ८० हजार नगद सहित पक्राउ परेका बर्मा प्रहरीको नियन्त्रणमा छन्। उनीबाट प्रहरीले विभिन्न बैँकका एटिएम कार्ड समेत बरामद गरेको छ। 
 

कमेन्ट लोड गर्नुस