सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रेड युनियन कांग्रेस महिला समिति अध्यक्ष खत्रीद्धारा असहायसँग जन्मोत्सव

२०७६ भदौ २०, ०९:४८ खबर संवाददाता

नेपाल ट्रेड युनियन कांग्रेस महिला समिति कैलालीकी अध्यक्ष निता खत्रीले असहायसँग जन्म दिन मनाएकी छन्। खत्रीले बीहिबार दृष्टि फाउण्डेसन धनगढीमा आश्रय लिएर बसेका असहायहरुलाई भोजन खुवाउँदै आफनो जन्मोत्सव मनाएकी हुन्। उनले पछिल्लो समय जन्म दिनलाई निकै खर्चिलो बनाएर मनाउन चलन रहेको भन्दै त्यसलाई चिर्न सामाजिक कार्य र असहायको सेवा गरेर पनि उत्सव मनाउन सकिने सन्देश दिन उनीहरुसँग जन्मोत्सव मनाएका बताएकी छन्।  

कमेन्ट लोड गर्नुस