सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेङ्गुबाट एक जनाको मृत्यु

२०७६ भदौ २०, ०७:३३ खबर संवाददाता

डेङ्गु सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ। इन्द्रावती गाउँपालिका–१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा मृत्यु भएको हो। 

ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। धुलिखेलले डेङ्गु भएको भन्दै काठमाण्डौ लैजान सुझाव दिइएको थियो। परिवार र आफन्तले राजधानीको बानेश्वरस्थित भेनस अस्पताल पु¥याएको हो। अस्पतालले डेङ्गु सङ्क्रमणबाट ज्यान गएको प्रमाणित गरेको इन्द्रावती गाउँपालिका–१२ का अध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए।

अस्पतालले दनुवारको मृत्यु डेङ्गुकै कारणले भएको प्रमाणित गरेपछि भिमटारमा गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ। गाउँवासीमा डेङ्गुको थप सङ्क्रमण हुन सक्ने र त्यसलाई रोकथामका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले बताए।

कमेन्ट लोड गर्नुस