सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थापना दिवस आमाको माया छात्रवासमा मनाईयो

२०७६ भदौ १९, ०६:५६ खबर संवाददाता

धनगढीमा रहेको आमाको माया छात्रावासमा फलफूल र पाठ्यसामाग्री वितरण गरिएको छ। निजामती कर्मचारी युनियन (संघ) को स्थापना दिवसको अवसरमा जिल्ला कार्य समिति कैलालीले धनगढी स्थीत आमाको माया छात्रावासमा फलफूल र पाठ््यसामाग्री वितरण गरेको हो।

झण्डै १० हजार बराबरको फलफूल, मिठाई र पाठ्यसामाग्री वितरण गरिएको निजामती कर्मचारी युनियन (संघ) का कैलाली जिल्ला अध्यक्ष खेमराज जोशीले बताए। आज नै नेपाल निजामती कर्मचारी युनियन (संघ) का केन्द्रिय सदस्य चेतराज जोशीको जन्मदिन परेकोले उनले पनि छात्रवासमा पाँच हजार बराबरको खाद्यान्न वितरण गरेको अध्यक्ष जोशीले बताए। 
 

कमेन्ट लोड गर्नुस