सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा घुस सहित पक्राउ परेका मालपोतका कर्मचारी विरुद्ध मुद्दा दायर

२०७६ भदौ १८, ०६:०१ खबर संवाददाता

कैलालीमा सेवाग्राहीसँग लिएको घुस रकम सहित पक्राउ परेका दुईजना कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। गत  साउन २० गते घुस रकम सहित पक्राउ परेका मालपोत कार्यालय टीकापुरका नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नरराज पाण्डे उपर आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

उनीहरु जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग लिएको आठ हजार घुस सहित लम्कीबाट रङ्गेहात पक्राउ परेका थिए। अनुसन्धानको क्रममा उनीहरुले सेवाग्राहीसँग घुस रकम लिएको कसुर पुष्टि भएकाले आठ हजार बिगो कायम गरी सजायको माग दावी सहित आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तिायरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस