सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा केन्द्रीय सदस्यमा शैलेश कुमार सिंहले उम्मेदवारी दिने

२०८३ असार ७, ०५:३१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश–भुगोलबाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट शैलेश कुमार सिंहले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने भएका छन्।

युवा समाजसेवी तथा सक्रिय नेतृत्वकर्ताका रूपमा परिचित सिंहले शिक्षा क्षेत्रको सुधार, युवा सशक्तिकरण र समाज रूपान्तरणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।

विभिन्न सामाजिक, शैक्षिक तथा राजनीतिक संस्थामार्फत संगठनलाई सशक्त, जनमुखी र व्यवस्थित बनाउने लक्ष्यसहित समग्र विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै अघि बढेको बताएका छन्। उनि प्रतिनिधि सभाकाे गत चुनावमा बझाङ जिल्लाबाट पराजित भएका थिए।  

कमेन्ट लोड गर्नुस