सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा तिज कार्यक्रममा भएको विवादपछि एक जनाको मृत्यु

२०७६ भदौ १७, ०२:५८ खबर संवाददाता

अछाममा तिज कार्यक्रम चलिरहेका बेला भएको विवादपछि एकजनाको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर २ स्थित सुर्योदय बाल विकासको प्राङ्गणमा तिज कार्यक्रम चलिरहेका बेला भएको विवाद पछि एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ढकारी २ कै ३९ वर्षीय लोकेन्द्र शाही रहेका छन्। उनको स्थानीय  राजेश शाही, कविन्द्र शाही र तपेन्द्र बहादुर शाहीसँग समान्य विवाद भएको र पछि घरमै मृत्यु भएको प्रहरीको भनाई रहेको छ। तर घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 
 
 

कमेन्ट लोड गर्नुस