सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पनि डेंगु र स्क्रब टाइफसको प्रकोप, संक्रमित ३४ जनाको उपचार हुँदै

२०७६ भदौ १७, ०१:०४ कमल सावद

गत शुक्रबार डोटीको दिपायल–सिलगढी नगरपालिका वडा नम्बर ६ का ४२ वर्षीय छत्रा मलासीको मुत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा डेंगुको त्रास बढेको छ। देशमा डेंगु रोगको संक्रमण भएकाहरुको संख्या बढ्दै गएका बेला सुदूरपश्चिममा यसको प्रकोप फैलिएको छ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले प्रदेशमा विभिन्न जिल्लामा नौ जना डेंगु संक्रमीत भेटिएको जानकारी दिए। उनीहरुको विभिन्न स्वास्थ्य संस्थामा उपचार भईरहेको खड्काले बताएका छन्। गत वैशाख ३० गते धरानमा देखिएको डेंगु फैलिदै सुदूरपश्चिम पनि पुगेको हो।

कैलाली, कञ्चनपुर, डोटी र दार्चुलामा संक्रमीतको सङख्या बढि रहेको छ। तर प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय र रोग नियन्त्रण महाशाखाको तथ्याङक भने फरक–फरक छ। रोग नियन्त्रण महाशाखाले सुदूरपश्चिमका पाँच जिल्लामा १२ जना विरामी भेटिएको तथ्याङक केही हप्ता अगाडी सार्वजनिक गरेकोमा सामाजिक विकास मन्त्रालयले अहिले नौ जना मात्रै संक्रमीत भएको दावी  गरेको छ भने स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत  रमेश मलासीले पाँच जनामा मात्रै संक्रमण रहेको दावी गरे।

प्रदेशमा स्क्रब टाइफसको पनि संक्रमण फैलिएको छ। डडेल्धुरामा २० र कैलालीमा पाँच जना विरामी भेटिएका छन् भने डडेल्धुरामा प्रत्येक दिन नै विरामी बढिरहेका छन्। स्क्रब टाइफस मुसामा रहेको किर्ना जातको भारइसको टोकाइबाट मानिस सर्ने गर्छ। डेंगु र स्क्रम टाईफस नियन्त्रणका लागि प्रयास भईरहेको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले जनाए।

डेंगु रोगका बिरामीहरुमा कडा ज्वरो आउने, ढाड दुख्ने, आँखा रातो हुने जस्ता लक्षण देखिने गरेको छ भने स्क्रम टाईफसको भाइरस घासपातमा भेटिने गर्छ भने घाँटी दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिने गरेको सेती अस्पतालका फिजिसियन डाक्टर निराजन दक्त शर्माले बताए। उनले यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गराउँन सुझाव दिएका छन्। 
  
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस