धनगढीमा नयाँ "ओमोडा ई फाइभ प्रो" सार्वजनिक, एक दिनका लागि विशेष अफर
धनगढी: नवदुर्गा टेक्नोलोजी प्रालिले धनगढीमा ओमोडा एण्ड जेको ब्रान्डअन्तर्गत नयाँ विद्युतीय एसयूभी "ओमोडा ई फाइभ प्रो" औपचारिक रूपमा सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार नेपालमा एक हजार पाँच सयभन्दा बढी युनिट बिक्री भइसकेको ओमोडा ई फाइभको सफलतालाई निरन्तरता दिने लक्ष्यसहित नयाँ ई फाइभ प्रो बजारमा ल्याइएको हो। कम्पनीले यसलाई अत्याधुनिक प्रविधि, प्रिमियम फिचर र आधुनिक ड्राइभिङ अनुभवसहितको विद्युतीय सवारीका रूपमा प्रस्तुत गरेको छ।
"नयाँ ओमोडा ई फाइभ प्रो" मा ५०.७ किलोवाट प्रति घण्टा क्षमताको ब्याट्री र ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले २८८ न्युटन मिटर टर्क उत्पादन गर्छ। यसले डब्लूएलटिपी मापदण्डअनुसार ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। साथै, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १८ इन्चका एलोय ह्विलले नेपाली सडक अवस्थाका लागि उपयुक्त बनाएको बताइएको छ।
डिजाइनतर्फ ओमोडा ई फाइभ प्रोमा ब्रान्डको ‘फ्युचरिस्टिक डिजाइन फिलोसोफी’ अपनाइएको छ। यसमा आकर्षक फ्रन्ट फेसिया, एरोडाइनामिक प्रोफाइल तथा विशेष प्यान्थम विङ टेललाइट समावेश गरिएको छ, जसले गाडीलाई थप आधुनिक र आकर्षक बनाउने कम्पनीको भनाइ छ।
गाडीको इन्टेरियरमा प्रिमियम केबिन अनुभव, विद्युतीय सनरुफ, उच्चस्तरीय सामग्री तथा आधुनिक प्रविधिको संयोजन रहेको छ। यसमा ड्राइभर मसाज सिट, ८ वटा सोनी स्पिकरयुक्त इमर्सिभ अडियो सिस्टम तथा १५.६ इन्चको ठूलो इन्फोटेनमेन्ट डिस्प्ले जस्ता सुविधा उपलब्ध छन्।
सुरक्षाका लागि "ओमोडो ई फाइभ प्रो" मा १९ भन्दा बढी अत्याधुनिक चालक सुरक्षा प्रणाली फिचर र ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणाली समावेश गरिएको छ, जसले चालकलाई थप सुरक्षित र सहज ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले "ओमोडा ई फाइभ प्रो" को सिङ्गल टोन भेरियन्टको मूल्य ५१ लाख ५९ हजार रुपैयाँ र डुअल टोनभेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ।
सार्वजनिक भएको अवसरमा नवदुर्गा टेक्नोलोजी प्रालिले एक दिनका लागि विशेष अफर समेत घोषणा गरेको छ। अफरअन्तर्गत ग्राहकहरूले ४९ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य तथा दुई वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स सुविधा प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार "नयाँ अमोडा ई फाइभ प्रो" अब धनगढीस्थित आधिकारिक ओमोडा एण्ड जेको शोरुममा अवलोकन, बुकिङ तथा थप जानकारीका लागि उपलब्ध छ।
शुक्रवार भएको कार्यक्रममा प्रमुख अतिथि रहेका सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटा, विशिष्ट अतिथी नवदुर्गा कम्पनीका सञ्चालक कमला भट्ट, पत्रकार महांघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवा, साइकल यात्री भरतविक्रम शाह, ओमोडा जेको कम्पनीका असिस्टेन्ट म्यानेजर तपेन्द्र भट्ट नवदुर्गा टेक्नोलोजी प्रालिका प्रवन्ध निर्देशक प्रदिप जोशीले "नयाँ ओमोडा ई फाइभ प्रो" औपचारिक रुपमा सार्वजनिक गरेका हुन्
नयाँ अमोडा ई फाइभ प्रो लन्च गर्दै प्रमुख अतिथि सापकोटाले सार्वजनिक यातायातमा पनि विद्युतीय सवारीको संख्या बढी रहेको बताए। उनले अमोडा एण्ड जेको कम्पनीको गाडीहरू हिमाल, पहाड र तराईका सबै किसिमका सडकमा गुडाउन सकिने बताउँदै नयाँ गाडीको सफलताको शुभकामना दिए।
कार्यक्रममा ओमोडा जेको कम्पनीका असिस्टेन्ट म्यानेजर तपेन्द्र भट्टले गाडीको फिचर र मूल्य बारे जानकारी दिएका थिए।