सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा प्रहरीद्धारा २२ सय लिटर अवैध घरेलु मदिरा नष्ट

२०७६ भदौ १६, ०६:०८ डीवि विष्ट

बझाङमा प्रहरीले २२ सय लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। प्रहरीले सदरमुकाम चैनपुर क्षेत्रका विभिन्न पसल, घर तथा होटलमा छाचपा हानेर २२ सय ९५ लिटर अवैध मदिरा बरामद गरी नष्ट गरिएको जनाएको छ। यस्तै दुई हजार ६० लिटर घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ (पास) पनि बरामद थरी नष्ट गरिएको छ।

बझाङका प्रमुख प्रहरी नायब उपरिक्षक गणेश बहादुर बमले सदरमुकाम चैनपुर बजारमा रहेको दौलीचौर गल्ली, भोटे गल्लीका विभिन्न पसल र होटेलमा छापा हानेर उक्त परिमाणको मदिरा र मदिार बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको जानकारी दिए। उनले मदिराले घरेलु हिंसा र अपराध बढाएकाले नियमन गर्न खोजिएको दावी गरे। 
  

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस