बझाङका ३५ विद्यार्थीले पाए धनगढी उपमहानगरको कक्षा ११–१२ छात्रवृत्ति
धनगढीः धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११–१२ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई प्रदान गरेको छात्रवृत्तिअन्तर्गत बझाङ जिल्लाका ३५ जना विद्यार्थी छनोट भएका छन्।
उपमहानगरपालिकाले एसईई परीक्षाको नतिजाका आधारमा तयार गरिएको मेरिट सूचीअनुसार विद्यार्थी छनोट गरी संस्थागत विद्यालयमा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको हो। छात्रवृत्ति प्राप्त गर्ने बझाङका विद्यार्थीमध्ये अधिकांश विज्ञान र व्यवस्थापन संकायमा अध्ययन गर्नेछन्।
आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले दुर्गम क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गरेको उपमहानगरपालिकाले जनाएको छ।
शैक्षिक सत्र २०८३ मा विभिन्न जिल्लाका कुल ३०९ जना विद्यार्थी छात्रवृत्तिमा छनोट भएकामध्ये बझाङबाट ३५ जना विद्यार्थी परेका छन्।