सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगाका जनप्रतिनिधिले सहारा घरमा अट्वारी मनाए

२०७६ भदौ १६, ०२:०२ खबर संवाददाता

कैलालीको गौरीगंगा नगरपालिकाका जनप्रतिनिधिले बौनिया रहेको सहारा घरमा अट्वारी पर्व मनाएका छन्। मेयर भीमबहादुर देउवा, उप–मेयर अञ्चला चौधरी र वडा नम्बर ८ का अध्यक्ष तुलाराम सापकोटा सहितका जनप्रतिनिधिले बर्दागोरिया गाँउपालिकामा रहेको सहारा घरमा अट्वारी मनाएका हुन्। उनीहरुले सहारा घरका असहायलाई सोमबार विहान भोजन खुवाएका हुन्। थारु समुदायको पर्व अट्वारीका अवसरमा मेयर भिमबहादुर देउवाले अग्रासन सहारा घरका असहायलाई दिएका गौरीगंगा संस्कृतिक संरक्षण समितिका संयोजक दिप्रेन्द्र गिरीले बताए। समितिले पाँच कठ्ठा चामल र तीन किलो दाल पनि सहारा घरलाई सहयोग गरेको उनले बताए।

कमेन्ट लोड गर्नुस