सुदूर नेपाललाई विश्वसँग जोड्दै

अट्वारीको अवसरमा भादा होमस्टेमा शुभकामना आदानप्रदान

२०७६ भदौ १५, ०६:४५ खबर संवाददाता

हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको आयोजनामा थारु समुदायको पर्व अटवारीको अवसरमा आज थारु होम स्टे भादा गाउँमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सुरत रावत डोटेली कान्छाको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य लक्ष्मी चौधरी प्रमुख अतिथि रहेकी थिईन्।

कार्यक्रममा नेपाली काङ्ग्रेस कैलालीका पुर्ब जिल्ला उपसभापति नारायण भट्ट , नेकपा कैलालीकी नेत्री गीता सोडारीको पनि सहभागिता रहेको थियो। कार्यक्रममा थारु होम स्टे भादाका सञ्चालक समिति अध्यक्ष लक्ष्मी नारायण चौधरी र थारु कलाकार मनिराम चौधरीलाई सम्मान गरिएको थियो। कार्यक्रममा साँस्कृतिक झाकी समेत प्रस्तुत गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस