सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटोमा छुटेको डेढ तोला सुनका गहना फिर्ता गरियो

२०७६ भदौ १५, ०४:३४ खबर संवाददाता

धनगढीमा अटोमा छुटेको डेढ तोला सुनका गहना चालकले बुझाएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ कालिका टोल बस्ने अटो चालक नथ्थु अछामीले आटोमा छुटेको सुनका गहना सम्वन्धित व्यक्तिलाई बुझाएका हुन्।

लालीको बौनीयाकी लक्ष्मी रिमालका सुनका गहना अटोमै छुटेका थिए। एउटा तिलहरी र एउटा जन्तर  अन्दाजी छुटेमा अटो चालकले वडा नम्वर ३ का अध्यक्ष सहितको उपस्थीतीमा बुझाएका हुन्। 

हिजो दिउसो क्याम्पसरोडबाट अटोरिक्सा चढेर चौराहा पुगेकी रिमाल रिक्सामै गहना र सुन बिर्सेकी थिईन्। उनी सुनका गहना खोज्दै प्रहरीमा पुगेपछि सीसी टीभीको फुटेज खोज्न सुरु गरिएको थियो।

चौलानी डिपार्टमेण्टल स्टोरमा राखिएको सीसी टीभीको फुटेजमा फुटेजमा अटोरिक्सा चालक देखिएपछि उनलाई बोलाएर सुन फिर्ता मागिएको हो। 

आईतवार दिउसो वडा नम्वर ३ का अध्यक्ष बरवहादुर ऐर जिल्ला प्रहरी कार्यालयमा गएका बेला सोही फुटेज देखेपछि अटो चालक उनका चिनजानका भेटिए र उनले फोन गरेर अटो चालकलाई बोलाउँदै सुन फिर्ता गराएका हुन्। 
 

कमेन्ट लोड गर्नुस