सुदूर नेपाललाई विश्वसँग जोड्दै

युएईमा पनि गौरा बिशेष कार्यक्रम

२०७६ भदौ १५, ०७:३० खबर संवाददाता

युएईमा गौरा बिशेष कार्यक्रम सम्पन्न भएको छ। सुदूरपश्चिम सेवा समाज युएईले बर दुबईको एभरेस्ट क्लबमा गौरा पर्व बिशेष कार्यक्रम गरेको हो। कार्यक्रममा गायक चक्र बम र गायीका रेखा जोशीको पनि प्रस्तुती रहेको थियो। 

सुदूरपश्चिमम सेवा समाजकी अध्यक्ष सन्ध्या भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समन्वय समितिका बरिष्ठ उपाध्यक्ष लोकेन्द्र बहादुर बम रहेका थिए।

उद्वघोषक समाजका महासचिव दिनेश महरा र सचिव मनोज भट्ट सानुकाजीको पनि कार्यक्रममा सहभागिता रहेको थियो। यूएइमा रहेका सुदूरपश्चिमेली सो अवसरमा डेउड़ा खेल्दै एकआपसमा शुभकामना साटासाट गरेका थिए। 

सुदूरपश्चिम समाज युएईले विगत ५ बर्षदेखि विभिन्न पर्वको अवसरमा कार्यक्रम गर्दै आएको समाजका सल्लाहकार लक्ष्मण अधिकारीले बताए। विभिन्न सामाजिक कार्यमा पनि समाज सक्रिय रहेको छ। 
 

कमेन्ट लोड गर्नुस