सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयकर सीमा १० लाख पुर्‍याइयो, करको दर घटाइयो

२०८३ जेठ १५, ०५:०२ खबर संवाददाता

काठमाडौँः सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा बढाउँदै वार्षिक ५ लाखबाट १० लाख रुपैयाँ पुर्‍याएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत नयाँ कर संरचना सार्वजनिक गरेका हुन्।

नयाँ व्यवस्थाअनुसार १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले अब १ प्रतिशत मात्र आयकर तिर्नुपर्नेछ। यसले न्यून तथा मध्यम आय भएका करदातालाई उल्लेख्य राहत दिने सरकारको दाबी छ।

हाल एकल व्यक्तिका लागि ५ लाख र विवाहितका लागि ६ लाख रुपैयाँको न्यूनतम कर सीमा रहेकोमा अब सबैका लागि एकीकृत रूपमा १० लाख कायम गरिएको हो।

सरकारी तथ्याङ्कअनुसार १० लाख तलब खाने व्यक्तिले पहिले करिब ६६ हजार रुपैयाँ आयकर तिर्नुपर्ने व्यवस्था थियो। नयाँ व्यवस्थापछि यो घटेर करिब १० हजार रुपैयाँ मात्र तिर्नुपर्ने हुन्छ, जसले वार्षिक करिब ५६ हजार रुपैयाँ राहत दिने अनुमान गरिएको छ।

त्यसैगरी सरकारले आयकरको अधिकतम दर पनि ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरेको छ।

कमेन्ट लोड गर्नुस