सुदूर नेपाललाई विश्वसँग जोड्दै

कम्प्यूटर एशोसियसन अफ नेपाल कैलालीको अध्यक्षमा धामी

२०७६ भदौ १४, ०७:३६ खबर संवाददाता

कम्प्यूटर एशोसियसन अफ नेपाल (क्यान) कैलालीको अध्यक्षमा नरेश धामी चयन भएका छन्। क्यानको सातौ अधिवेशनबाट धामीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

जसको उपाध्यक्षमा सिपि शर्मा, सचिवमा यज्ञराज ओझा, कोषाध्यक्षमा प्रकाश देउवा, सह–सचिवमा नविन चौधरी चयन भएका छन्। सदस्यहरुमा नरेन्द्रराज अवस्थी, रामप्रसाद चौधरी, रेखा चौधरी, जनक चौधरी, मिलन बटाला र रामजनम चौधरी रहेका छन्।

धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले अधिवेशनको उद्घाटन गरेका थिए। सो अवसरमा बोल्दै मेयर वडले उप–महानगरपालिकालाई प्रविधिमैत्री बनाउन जोड दिइरहेको  बताए। उनले प्रविधिबिना मानिस एक मिनेट पनि बस्न सक्ने अवस्था नरहेकोले यसलाई व्यवस्थीत गर्दै अघि बढ्न आवश्यक रहेको बताए। 

क्यान कैलालीका  अध्यक्ष विरेन्द्रप्रसाद भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य हर्कबहादुर सेठ्ठी, प्रदेश सदस्य मनोहर श्रेष्ठ, क्यान कञ्चनपुर अध्यक्ष लक्ष्मीराज पन्त, कैलाली उद्योग वाणिज्य महासंघ महासचिव ओम विष्ट, लायन्स क्लव अफ धनगढी टाउनका अध्यक्ष कृष्ण बोहरा लगायतको सहभागिता रहेको थियो। 

कमेन्ट लोड गर्नुस