प्रतिनिधिसभा बैठक सुरूःश्रम संस्कृति पार्टीको विरोध कायमै
काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ।
बैठकको सुरूआतमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट ‘रूलिङ’ गर्नुपर्ने माग दोहो¥याउँदै आफ्नो विरोध कायमै रहने बताए।
सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई आशन ग्रहण गर्न आग्रह गरे। यसपछि सांसद राईले बस्न नमानेर बैठक बहिष्कार गरे। बैठकमा अहिले आकस्मिक समय सुरु भएको छ।
सभाको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२-८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन्।
राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ।
संसद् सचिवालयका अनुसार बैठकमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।